Ad imageAd image

उपनिर्वाचनलाई आगामी बाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमा लिएका छौं ःअध्यक्ष प्रचण्ड

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा लिएका थियौं ।”

उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै भने, “निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट हाम्रो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ ।”

- Advertisement -
Ad imageAd image

नेपाली जनताको विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्था बदल्न महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । उनले भने, “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, र आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ।”

उनले यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा र एकल पहिचानका साथ जनादेशको रुपमा लिने घोषणा गर्दै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
1 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ