मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका महिलाहरूको आयस्रोतको माध्यम भने मौसमे तथा बेमौसमे तरकारी र साग बनेको छ । बाल बच्चा पढाउन, घर खर्च धान्ने कुनै विकल्प नभए पछि स्थानीय महिलाहरू गमगढी बजारमा हरियो साग बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं ४ कार्किवाडा गाउँकी राज्यलक्ष्मी सेजुवालले बर्ष भरि साग बेचेर लाखौँ रुपैयाँ आम्दानी गर्दै आएकी छन् । एका बिहानै गमगढी बजारमा आएर तरकारी साग बेच्ने उनको दैनिकी हो । बजार बासीका घरका दैलो, दैलो गएर साग बेच्दै पैसा कमाउने गरेकी छन् । बर्षभरी साग बेचेर साढे ३ लाख भन्दा बढी रकम कमाई हुने सेजुवाल बताउनु हुन्छ । घरमा सबै बेरोजगार भए पछि आफूले तरकारी, साग खेती रोजेको उनी बताउँछिन्। बाल बाल बाल बच्चा पढाउन, र घरको सबै खर्च तरकारी बेचेरै चलाउँछु उनले भनिन् । छायाँनाथ रारा वडा नं ५ कै अर्की कृषक राममाया रोकायाले पनि तरकारी खेती बाट बर्सेनि लाखौँ रुपैयाँ कमाउँदै आएकी छन् । उनले भनिन मैले ३ हजार बर्गमिटर क्षेत्रफलमा बन्दा लसुन, साग,प्याज ,गाँजर खेती गर्दै आएको ले दुख गरे अनुसारको कमाइले गाउँमा घर बनाएको र घर परिवारको सम्पुर्ण खर्च यही तरकारी भएको बताउनु हुन्छ । स्थानीय र प्रदेश सरकारले मैले तरकारी खेती गरेको बर्षौ बित्यो तर कतै बाट बिउ, बिजन ,मल, ग्रिन हाउसका पाल, लगायत अन्य कृषि आैजारको सहयोग पाइनन् रोकायाले गुनासो छ । हिउँदमा त तरकारी नकुहिने भएकाले कोल्ड स्टोरको आवश्यकता पर्दैन तर वर्षा ऋतुमा तरकारी धेरै हुँदा जग्गामै लाखौँको तरकारी कुहिने समस्याले बर्सेनि ठुलो घाटा बेहोर्दै आएको गुनासो गर्नु भयो । कोल्ड स्टोरमा तरकारी स्टोर गरि राख्दा फुर्सदमा जहिले पनि तरकारी बेच्न सकिने रोकायाको भनाई छ । कोल्ड स्टोरको लागि धेरै संघ संस्था धाए तर कतैबाट सहयोग पाइएन उनले गुनासो गर्नु भयो । बजार अलि टाढा डोकोमा तरकारी बोकेर जाँदा असजिलो हुने र बिक्री नहुन्जेल थाप्लोमा दिनभर डोको बोक्नु पर्छ, सरकारले हामी कृषकले उत्पादन गरेका कृषि उपजहरू बेच्नको लागि गमगढीमा हाड बजार को व्यवस्था गरेको खण्डमा सहज हुने रोकायाको थप भनाई रहेको छ । छायाँनाथ ३ निगाले गाउँकी उमेरले २३ वर्षीय कृषक पन्चा देवी खड्काले सागपात बेचेर वर्षमा ४ देखि ५ लाख जति कमाई हुने गरेको बताउनु हुन्छ । मौसम अनुसारको दिन भर साग , काउली ,बन्दा फुलकाउली, भाजी, चमसुल, पालुङ्गो बन्दा तरकारी लसुन, प्याज, तितेकरेला, बोडी, काक्रा गाँजर ,साग,को उत्पादन गरि डोकोमा बोकेर एक घण्टा गमगढी पुगी बेच्ने गरेको खड्काले भन्नू भयो । मिहिनेत गरे कसैको मुख ताक्नु नपर्ने लाग्ने सँग माग्नु नपर्ने हुँदा समस्या टार्न अत्यन्तै सजिलो भएको गंगा देवीले खुशी हुँदै सुनाइन् । तरकारीको पैसाले आफ्नो ६ जनाको परिवारको खर्च गरी बाकी बचेको पैसा बैङ्कमा जम्मा गरेकी छु खड्काको भनाई थियो । छायाँनाथ ४ पातर खोलामा तरकारीका खेती गर्ने कविराज रावल र युवराज रावलले पनि तरकारी बाट लाखौँको आम्दानी गरेको र घर खर्च धानी बाल बच्चाको पढाइ लेखाइ गर्दै आएकोले कोही कसैको मुख ताक्नु नपर्ने भनाई रहेको छ । पातर खोला तरकारी बालीको पटक क्षेत्र बन्न सक्ने प्रबल सम्भावना भएको भए पनि हाल सम्म त्यहाँका कृषकहरूले सरकारी अनुदानका केही पनि सुविधा नपाएको गुनासो छ । प्रदेश तथा स्थानीय सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरूले वास्तविक कृषक पहिचान गरि सहयोग गर्नु पर्ने देखिन्छ । जिल्लामा बेरोजगारीको समस्या बढ्दै गएपछि छायाँनाथ राराकी महिलाहरूका साथै स्कुले साना साना छात्राहरू समेत पढाइ खर्चको लागि बिदाका दिन बिहान बेलुका गमगढी बजारमा तरकारी बेच्ने धन्दा नै बनेको छ ।