मुम्बईको घाटकोपरमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ —मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो ।

होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उद्धार कार्यमा तीव्रता दिएको बताएका छन् । साथै मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको निस्शुल्क उपचारको व्यवस्था मिलाइनेसमेत उनले बताएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ