डोकोमा साग र तरकारी बेचेर मनग्य आम्दानी गर्दै राराका महिलाहरू

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

मुगु । मुगु जिल्लाको  छायाँनाथ रारा नगरपालिकाका महिलाहरूको आयस्रोतको माध्यम भने मौसमे तथा बेमौसमे तरकारी र साग बनेको छ ।  बाल बच्चा पढाउन, घर खर्च धान्ने कुनै विकल्प नभए पछि स्थानीय महिलाहरू गमगढी बजारमा हरियो साग बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।  

छायाँनाथ रारा नगरपालिका वडा नं ४ कार्किवाडा गाउँकी  राज्यलक्ष्मी सेजुवालले  बर्ष भरि साग बेचेर  लाखौँ रुपैयाँ आम्दानी गर्दै आएकी छन् ।  एका बिहानै गमगढी बजारमा आएर तरकारी साग बेच्ने उनको दैनिकी हो । बजार बासीका घरका दैलो, दैलो गएर  साग बेच्दै  पैसा कमाउने गरेकी छन् ।   बर्षभरी साग बेचेर  साढे ३ लाख भन्दा बढी रकम कमाई  हुने सेजुवाल बताउनु हुन्छ । घरमा सबै बेरोजगार भए पछि आफूले तरकारी, साग खेती रोजेको उनी बताउँछिन्। बाल बाल बाल बच्चा पढाउन, र घरको सबै खर्च तरकारी  बेचेरै चलाउँछु उनले भनिन् । छायाँनाथ रारा वडा नं ५ कै अर्की कृषक राममाया रोकायाले पनि तरकारी  खेती बाट बर्सेनि लाखौँ रुपैयाँ कमाउँदै आएकी छन् ।  उनले भनिन मैले ३  हजार बर्गमिटर क्षेत्रफलमा बन्दा लसुन, साग,प्याज ,गाँजर खेती गर्दै आएको ले दुख गरे अनुसारको कमाइले  गाउँमा घर बनाएको र घर परिवारको सम्पुर्ण  खर्च यही तरकारी भएको बताउनु हुन्छ ।  स्थानीय र प्रदेश  सरकारले मैले तरकारी खेती गरेको बर्षौ बित्यो तर कतै बाट बिउ, बिजन ,मल, ग्रिन हाउसका पाल, लगायत अन्य कृषि  आ‌ैजारको सहयोग पाइनन् रोकायाले  गुनासो छ  ।  हिउँदमा त तरकारी नकुहिने भएकाले कोल्ड स्टोरको आवश्यकता पर्दैन तर वर्षा ऋतुमा  तरकारी धेरै हुँदा जग्गामै लाखौँको तरकारी कुहिने  समस्याले  बर्सेनि ठुलो घाटा बेहोर्दै आएको गुनासो गर्नु भयो ।  कोल्ड स्टोरमा तरकारी  स्टोर गरि राख्दा फुर्सदमा जहिले पनि तरकारी बेच्न सकिने रोकायाको भनाई छ । कोल्ड स्टोरको लागि धेरै संघ संस्था धाए तर कतैबाट सहयोग पाइएन उनले गुनासो  गर्नु भयो । बजार अलि टाढा डोकोमा तरकारी बोकेर  जाँदा असजिलो हुने र  बिक्री नहुन्जेल थाप्लोमा  दिनभर डोको बोक्नु पर्छ,  सरकारले हामी कृषकले उत्पादन गरेका कृषि उपजहरू  बेच्नको लागि गमगढीमा हाड बजार को व्यवस्था गरेको खण्डमा सहज हुने  रोकायाको थप भनाई रहेको छ । छायाँनाथ ३ निगाले गाउँकी  उमेरले २३ वर्षीय कृषक पन्चा देवी खड्काले  सागपात  बेचेर वर्षमा ४ देखि ५ लाख जति कमाई हुने गरेको बताउनु हुन्छ । मौसम अनुसारको  दिन भर साग , काउली ,बन्दा फुलकाउली, भाजी, चमसुल, पालुङ्गो   बन्दा तरकारी लसुन, प्याज, तितेकरेला, बोडी, काक्रा गाँजर ,साग,को उत्पादन गरि डोकोमा बोकेर एक घण्टा गमगढी पुगी  बेच्ने गरेको खड्काले भन्नू भयो । मिहिनेत गरे कसैको मुख ताक्नु नपर्ने  लाग्ने सँग माग्नु नपर्ने हुँदा  समस्या  टार्न अत्यन्तै  सजिलो भएको गंगा देवीले खुशी हुँदै सुनाइन् । तरकारीको पैसाले आफ्नो ६ जनाको परिवारको खर्च गरी बाकी बचेको  पैसा बैङ्कमा जम्मा गरेकी छु  खड्काको भनाई थियो  । छायाँनाथ ४  पातर खोलामा  तरकारीका खेती गर्ने कविराज रावल र युवराज रावलले पनि तरकारी बाट  लाखौँको आम्दानी गरेको र घर खर्च धानी बाल बच्चाको पढाइ लेखाइ गर्दै आएकोले कोही कसैको मुख ताक्नु नपर्ने भनाई रहेको छ । पातर खोला तरकारी बालीको पटक क्षेत्र  बन्न सक्ने  प्रबल सम्भावना भएको भए पनि हाल सम्म  त्यहाँका कृषकहरूले सरकारी अनुदानका केही पनि सुविधा  नपाएको गुनासो छ । प्रदेश तथा स्थानीय  सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरूले वास्तविक कृषक पहिचान गरि  सहयोग गर्नु पर्ने देखिन्छ । जिल्लामा बेरोजगारीको समस्या  बढ्दै गएपछि छायाँनाथ राराकी महिलाहरूका साथै स्कुले साना साना छात्राहरू समेत पढाइ खर्चको लागि  बिदाका दिन बिहान बेलुका गमगढी बजारमा तरकारी  बेच्ने धन्दा नै बनेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ