तीन बर्षदेखि फुटेको बोर्डमा पढाई

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं.५ पहरुवा स्थित बालकल्यान आधारभूत विद्यालयको कक्षा ७ को बार्ड फुटेको तीन बर्ष भयो । त्यो बोर्डको बीचमा प्वाल परेको छ । १२ बर्ष अघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन बर्ष हुँदा पनि नयाँ ल्याईएको छैन । त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ ।

प्वाल परेको बोर्डमा पढाउदा निकै समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक कालुसिंह थापाले बताए ।“यो निकै पुरानो बार्ड हो, १२ बर्ष अघि खरिद गरिएको हो”,उहाँले भन्नुभयो,“तीन बर्ष भयो, यो बार्ड फुटेको नयाँ ल्याउन सकिएको छैन ।” प्रत्येक बर्ष प्रथामिक विद्यालयको भैपरी आउने खर्चकालागि ६५ हजार रुपैँया पालिकाले दिदै आएको छ । बोर्ड, मार्करलगायत अन्य सामग्री खरिदकालागि उक्त रकम छुट्याईएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताउनुभयो । उहाँका अनुसार आधारभूतलाई एकलाख ५० हजार र माविलाई दुई लाख ५० हजार छुट्याईएको छ ।

सोही विद्यालयमा हाल एक सय ५५ जना विद्यार्थी भर्ना भएका छन् । जहाँ शिशु, नर्सरीदेखि कक्षादेखि ८ सम्म सञ्चालनमा छ । यो विद्यार्थी संख्या अझै बढ्ने अनुमान गरिएको छ । अझै पनि भर्ना हुने विद्यार्थी आउने क्रम जारी रहेको प्रधानाध्यापक थापाले बताए । सोही विद्यालयमा हाल ११ जना शिक्षक, शिक्षिका हुनुहुन्छ ।

ति शिक्षकले अहिले दैनिक ६÷६ पिरियड पढाई रहेका छन् । एक जना शिक्षक थपिएमा थप सहज हुने प्रअ थापाले बताउनुभयो ।“हामीले दैनिक ७ पिरिएड लिनुपर्ने, सबै शिक्षकले ६÷६ पिरिएड लिइरहेका छौं”,उहाँले भन्नुभयो, “अब एक जना शिक्षक थपिएमा सबै पिरिएड पुग्थ्यो ।”

विद्यालयले अब एक जना शिक्षक ९ बजे नै आउने नियम बनाउन लागेको छ । विद्यार्थीहरु ९ बजे नै आईपुग्ने भएकाले उनीहरुको हेरचाहकालागि पालैपालो एक जना शिक्षक ९ बजे नै पुग्ने ब्यबस्था मिलाउने तयारी रहेको प्रअ थापाले बताउनुभयो । जहाँ प्रगन्न, बड्कापथ सिंचाई कुला नजिकै रहेकाले विद्यार्थीहरुको सुरक्षाको दृष्टिले समस्या रहेको बताउनुभयो । विद्यालयको प्राङ्गणबाटै बग्ने भएकाले विद्यार्थीलाई जोखिम रहेको छ ।

गाउँपालिकाले यसरी नै सामुदायिक विद्यालयको बास्तबिक अबस्था पहिचान गरि सुधार गर्न थालेको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेकाले पालिकाका विद्यालयमा देखिएका समस्या पहिचान गरि समाधान गर्ने बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने नै आफ्नो अभियान रहेको भन्दै अहिले जस्तो अबस्थामा रहेपनि आफ्नो कार्यकालमा सुधार गरेर लैजाने अध्यक्ष विष्टको भनाई छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ