Ad imageAd image

एनआरएनए जापानको उपाध्यक्षमा दीपक सुनारको उम्मेदवारी घोषणा, “पारदर्शिता र निःस्वार्थ सेवासँगै नेतृत्व गर्न चाहन्छु”

प्रज्वला खड्का
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निगाता निवासी दीपक सुनारले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

विगत लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउनुभएका सुनार सामाजिक सेवा र संस्थागत नेतृत्वमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

एनआरएनए जापानमा संयोजक, सह–कोषाध्यक्ष र हालै सम्पन्न कार्यकाल (२०२३–२०२५) मा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका सुनारले अबको चरणमा उपाध्यक्षको भूमिका सम्हाल्न चाहेका हुन्।

उहाँले उम्मेदवारी घोषणामा भन्नुभयो: “हाम्रो प्रतिबद्धता, पारदर्शि नेतृत्व र निःस्वार्थ सेवा” भन्ने मूल नारा बोकेर म उपाध्यक्षको पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेको छु।

- Advertisement -
Ad imageAd image

गएको कार्यकालमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिन चाहन्छु।” उहाँको अनुसार विगतका कार्यकालमा प्राप्त अनुभव, वित्तीय पारदर्शिता र व्यावसायिक संयोजनको ज्ञानलाई संस्थाको समग्र विकासमा उपयोग गरिनेछ।

दीपक सुनारले एनआरएनए जापानमा सम्हालेका भूमिकाहरू:

• २०१९–२०२१: एनआरएनए निगाता क्षेत्र संयोजक

• २०२१–२०२३: एनआरएनए जापान सह–कोषाध्यक्ष

• २०२३–२०२५: एनआरएनए जापान कोषाध्यक्ष

त्यसअघि पनि उहाँले क्षेत्रीय समितिमा निरन्तर दुई कार्यकाल साधारण सदस्य र एक कार्यकाल उप–संयोजकको भूमिका निभाउनु भएको थियो।

एनआरएनएको अलावा उहाँ निगाता लायन्स क्लबका अध्यक्ष र कास्की पोखरा समाज जापानका उपाध्यक्षको रूपमा पनि क्रियाशील रहनुभएको छ।

उम्मेदवारी घोषणाका क्रममा सुनारले जापानवासी नेपाली समुदायलाई अपिल गर्दै भने,

“एक–एक भोट मेरो जितको आधार हुनेछ। तपाईँहरूबाट अघिल्ला कार्यकालमा पाएको मायाको निरन्तरता हुने कुरामा पूर्ण विश्वस्त छु।”

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
68%
4 km/h
बुध
21 °C
बिहि
23 °C
शुक्र
19 °C
शनि
20 °C
आइत
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ