तारा एयरको जहाजको झ्यालको सिसा आकाश मै खस्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।

जहाजमा पुरै कार्गो सामग्रीले भरिएकाले भित्रबाट सामग्रीहरुको दवावले सिसा निस्किएको हुन सक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका तीन सदस्य मात्रै सवार थिए ।

सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन नसकेको बताइएको छ । सो जहाज आईतबार विहान १०स्०१ मा लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको छ भने मर्मत पश्चात मात्र काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
haze
18° _ 18°
63%
4 km/h
मंगल
16 °C
बुध
27 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ