रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो । 

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो  

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
82%
3 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ