काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो । झापाको जितमा अन्जन विष्टले ५२औँ र समिराज थोकरले ७७औं मिनेटमा एक एक गोल गर्नुभयो । जितसँगै झापाले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।
यस जितसँगै झापा सात खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । धनगढी १२ अङ्कसहित दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानमा रहेको पोखराको १४ अङ्क छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1