काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए । यही मंसिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत् टोली भोजपुर पुगेको थियो । अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुँदै संकल्प यात्राको टोली यही मङ्सिर २८ गते धनकुटा प्रस्थान गर्ने छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष महासचिव शङ्कर पोखरेल, उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायतका नेता, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी हुनुहुन्छ । संकल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।
थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित
कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६…

