काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तल्ला तहका संरचनामा रिक्त रहेका पदको विवरण पठाउन निर्देशन गरेको छ । विधानअनुसार केन्द्रीय समितिसहित कांग्रेसका आठ तहमा संगठन संरचना छ । महामन्त्री गगनकुमार थापाले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँरनगरपालिका र वडा तहका कार्यसमितिमा कुन–कुन पदको निर्वाचन वा मनोनयन हुन बाँकी छ रु र कुन–कुन पदहरू रिक्त भएका छन् ? त्यसको विवरण पाँच दिनभित्र लेखी पठाउन पठाउन परिपत्र गरेका हुन् ।
विधानतः विविध कारणले रिक्त हुन रहेका पदहरू के कति संख्यामा छन् रु के कति कारणले ती पदहरू पुर्ति हुन नसकेका हुन् रु के कति संख्यामा तहगत मनोनीत हुन बाँकी रहेका छन् ? त्यसको विवरण उपलब्ध गराउन अनुरोध छ,’ महामन्त्री थापाले लेखेको परिपत्रमा उल्लेख छ । कांग्रेसको विधानअनुसार नै हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ भने पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।
तर पार्टीभित्रको गुट व्यवस्थापन र त्यही गुटगत विवादका कारण कांग्रेसका धेरै पदहरू महाधिवेशन भएको दुई वर्ष बित्दासम्म पनि रिक्त छन् । महामन्त्री थापाले तल्ला तहका रिक्त पद पुर्तिका लागि पुनर्ताजकी गरेपनि केन्द्रीय कार्यसमितिकै महत्वपूर्ण पदहरू भने रिक्त छन् । सभापति शेरबहादुर देउवाले अहिलेसम्म पनि केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । अझै केही केन्द्रीय सदस्य पदहरू समेत रिक्त छन् ।