कांग्रेस केन्द्रीय समिति बैठक पुस १२ मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । यस्तै काँग्रेसले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने भएको छ । भूकम्प, राष्ट्रिय सभाको निर्वाचन लगायतका कारणले महासमिति बैठक सार्नु परेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ कतिपय प्रभावितले नपाएको भन्दै रकम उपलब्ध गराउन र अस्थायी आवासको निमार्ण चाँडो भन्दा चाँडो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
94%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ