गाँजा खेतीको बारे छलफलमा छौँः अर्थमन्त्री महत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्थतन्त्री डा. प्रकाश शरण महतले गाँजा खेतीलाई वैधानिकता दिने बारेमा छलफल भइरहेको बताउनुभएको छ। गाँजा खेतीको सम्भावना रहेको बताउँदै यसलाई कुन मोडलमा विकास गर्ने र नेपालले पनि त्यसबाट फाइदा उठाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताउनुभयो। 

हेटौँडामा मङ्गलबार गाँजा खेती अधिक हुँदै आएको राक्सिराङ गाउँपालिकाको तर्फबाट बुझाइएको गाँजा खेतीसम्बन्धी प्रस्ताव बुझ्नुहुँदै मन्त्री महतले नेपालमा गाँजा खेतीको सम्भावनाका बारेमा सरकारले अध्ययन सुरु गरेको बताउनुभयो।  

उहाँले हामीले विगतमा कानुन नै बनाएर गाँजा खेती रोकेको बताउँदै अहिले विदेशीले नै गाँजा खेतीबाट लाभ लिइरहेको बताउनुभयो। 

उहाँले सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको बताउँदै अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्ने बताउनुभयो।  

अर्थमन्त्री महतलाई राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका सभापति वीरेन्द्र जिम्बाले संयुक्त रुपमा राक्सिराङ गाउँपालिकामा परम्परागत गाँजा खेती विस्तार तथा वैधानिकतासम्बन्धी प्रस्ताव बुझाउनुभएको थियो। 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ