काठमाडौं । सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्म कालोसूचीमा परेको छ । यो कम्पनीको मुख्य व्यक्ति सरोज कुमार शाह छन् । यसैगरी लक्ष्मण पाण्डेय मुख्य व्यक्ति रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित
कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६…

