हस्तकला उद्योगबाट ११ लाखले रोजगारी पाइरहनु नेपालको अर्थतन्त्रकालागि सकारात्मक पक्ष होः राष्ट्रपति पौडेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार गर्न सरकारका सम्पूर्ण निकायले काम गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगितामा राष्ट्रपति पौडेलले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरै सामग्रीहरू विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित भएकाले सजिलै यसको नक्कल हुन नसक्ने र यसको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले झण्डै ११ लाखले यो क्षेत्रबाट रोजगारी पाइरहेको र करिब ८५ देशमा हस्तकला वस्तुहरूको निकासी भएको समेत जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
44%
3 km/h
मंगल
24 °C
बुध
24 °C
बिहि
22 °C
शुक्र
25 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ