११ जना फरार प्रतिवादी पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा किर्ते , कुटपिट र बहुबिवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार  कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि , मनिता कुमारी , निलम देबि र उषा कुमारी राम पक्राउ परेको हो ।

प्रहरीले किर्तेमा जमिला शेखिन, जमिल अख्तर , शेख अजिज मिया दर्जी, ओली महम्मद र शेख हफिजलाइ पक्राउ गरेको छ । बहुबिवाहको आरोपमा शेख नेपालीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ