सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ७ गते । सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ ।

मङ्गलबार राति १ः३० बजे सुनसरी वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सह प्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटी गएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडी डुङ्गा लिई फरार भएका प्रहरीले जाएको छ ।

उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजी गाँजा बरामद गरेको शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ