१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन् । 

ललितपुर चक्रपथ महानगर सफाइ अभियानको छैठौ वार्षिकोत्सब समारोहमा बोल्दै उनले मुलुककै नमूना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माणको काम भइरहेको बताए ।

उनले भने, ‘कुसुन्तीमा मुलुककै नमुना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माण गर्दै छौं । त्यो ठाउँलाई हामीले दुर्घटनाजन्य स्थान भनेका छौ । उक्त क्षेत्रमा अहिलेसम्म १८ जना व्यक्तिहरुले अकालमा मृत्युवरण गरिसकेका छन् । सो ठाउँमा अब उपरान्त एक जना मान्छेको पनि मृत्यु नहोस, एकजना पनि घाइते नहोस् भन्ने उद्देश्यले अपाङगतामैत्री पुल बनाउन गइहेका छौं । त्यो पुलमा ह्वील चियरमा बसेर पुलको पारी निस्कन सक्नेगरी दुबैतर्फ लिफ्ट राखेर आवतजावत गर्नेगरी पुल निर्माण तीनचार महिनामा सकिन्छ । त्यसपछि पनि अर्काे पुलको परिकल्पना गरेका छौं । डिजाइन निर्माण गरिसकेका छौ तर सरकारको अनुमति लिने प्रक्रियामा छौं ।’

यस्तै, उक्त कार्यक्रममा समाजसेवी राजबहादुर राईले सरसफाई अभियानलाई अझै अग्रसर बनाउने बताए । फोहोर न्युनिकरणका लागि सबैजना दत्तचित्तका साथ लाग्नुपर्ने बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बुध
12 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ