१९७४ एडीको आधिकारिक फेसबुक पेज ह्याक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । चर्चित रक सांगीतिक समूह १९७४ एडी को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने साइबर क्रिमिनल फोर्सले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।

झण्डै १ लाख २१ हजार फलोअर रहेको ब्यान्डको पेजमा आफूलाई ह्याकर बताउने समूहले गएको एक घण्टामा बंगाली र अङ्ग्रेजी भाषामा ३२ वटाभन्दा बढी पोस्ट गरिसकेको छ । केही समय फेसबुक लाइभसमेत गरेका ह्याकरहरूले कभर फोटो र डिस्प्ले इमेजसमेत परिवर्तन गरेको देखिन्छ ।

ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलोसमेत गरेका छन् भने पेजको वालमा जथाभावी पोस्ट गरिरहेका छन् । ब्यान्डका सदस्यले साइबर आक्रमणलाई रोक्ने प्रयास भइरहेको बताए छन् । ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
88%
4 km/h
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ