सभापति कप फुटबल माघ १० गतेदेखि, विजेतालाई २६ लाख नगद पुरस्कार

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० गतेदेखि हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ ।


आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।


सभापति कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तथा समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।


सभापति कप फुटबल प्रतियोगिता २०८१ मा ८ टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी क्लब, चर्चव्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लव, एनआरटी क्लब, फ्रेण्डस फुटबल क्लब र बाग्मती फुटबल क्लब (आयोजक) को सहभागिता रहने छ ।


सभापति कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २६ लाख, दोस्रो पुरस्कार नगद १३ लाख र म्यान अफ द म्याच नगद १५ हजार प्राप्त गर्नेछन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm with rain
17° _ 17°
77%
4 km/h
शुक्र
22 °C
शनि
14 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ