मिस टिन नेपालमा २० जनाले भाग लिने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० जना प्रतियोगीले सहभागिता जनाउने भएका छन् । 

आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औँ संस्करणको ‘मिस टिन नेपाल, २०२४’का लागि तीन चरणको अडिसनबाट २० जना प्रतियोगि छनोट भएको जानकारी दिएको हो ।

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीहरु छनोट भएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।

उनका अनुसार देशैभरीका योग्यतम किशोरीहरूले अडिसनमा सहभागी हुन पाउने छन् । विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुने छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
haze
24° _ 24°
50%
3 km/h
सोम
27 °C
मंगल
31 °C
बुध
28 °C
बिहि
26 °C
शुक्र
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ