नेप्सेमा साढे २५ अंकको गिरावट, ७ अर्बको सेयर किनबेच

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २५।६३ अंकले घटेको छ । गत बिहीबारको तुलनामा १।१८ प्रतिशतले घटेर नेप्से २ हजार १ सय ३०।१८ विन्दुमा ओर्लेको हो ।

गत साताका अन्तिम दुई कारोबार दिन ९बुधबार र बिहीबार० लगातार घटेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो । गत आइतबार र सोमबार नेप्से उच्च अंकले बढेको थियो । बढेको बजारमा केही अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा बिक्री चाप परेको थियो ।

यहीकारण गत बुघबार यता सेयर बजारले ओरालो लागेको जानकारहरु बताउँछन् । आइतबार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसअनुसार अधिकांशको नाफा घटेको छ भने खराबकर्जा बढेको छ । यसले पनि आइतबार सेयर लगानीकर्ता निरुत्साहित भएको जानकारहरु बताउँछन् ।

आइतबार १ लाख ६६ हजार ९ सय ६६ हजार ९ सय ८३ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ