कम्बोडियामा अनलाइन ठगीविरुद्ध कारबाही, पक्राउ परेकामध्ये ३० जना नेपाली

1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कम्बोडियाली प्रहरीले अनलाइन ठगी (अनलाइन स्क्याम) विरुद्ध छापा मार्दै बाभेट सहरस्थित एक क्यासिनो परिसरबाट २ हजारभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै १,७९२ जना चिनियाँ नागरिक रहेका छन्। यसका साथै १७७ जना भियतनामी, १७९ जना म्यानमारका, ३० जना नेपाली, ५ जना ताइवानका, ३६ जना भारतीय, २ जना लाओसका, १ जना मलेसियन र १ जना मेक्सिकन नागरिक पनि नियन्त्रणमा परेका छन्।

स्वाय रियङ प्रान्तको ता बेब गाउँमा रहेको भान छेङ क्या सिनो परिसरमा बुधवार बिहान कारबाही गरिएको हो। राष्ट्रिय प्रहरी महासञ्चालनालयले अदालतसँग समन्वय गरी क्या सिनो परिसरभित्र रहेका २२ वटा भवनमा छापा मारेको जनाएको छ।प्रहरीका अनुसार करिब ७ सय सुरक्षाकर्मी परिचालन गरिएको उक्त अपरेसनका क्रममा कुल २,०४४ जना विदेशी नागरिक नियन्त्रणमा परेका हुन्। यस घटनाबारे थप अनुसन्धान भइरहेको कम्बोडियाली अधिकारीहरूले जनाएका छन्।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
scattered clouds
16° _ 16°
77%
2 km/h
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
12 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ