न्युयोर्कमा ४.८ म्याग्निच्युड भूकम्प, पूर्वी तटीय क्षेत्रका धेरै उडानहरू रोकिए

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो ।

अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडानहरू रोकिएका थिए।

यस भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो। सहरका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले भने( सानो भूकम्प आएको थियो, क्षतिको कुनै खबर छैन।

भूकम्प जाँदा राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको थियो । संयुक्त राष्ट्रसंघको ‘सेभ द चिल्ड्रेन’ संस्थाका प्रमुख जेन्टी सोरिप्टोका अनुसार झटका महसुस हुने बित्तिकै उनी केही बेर रोकिएकी थिइन् ।

न्यूयोर्क र न्यु जर्सीमा प्रायः साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन्। सन् २०२३ को मे महिनामा यहाँ २।२ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०२३ को अप्रिलमा ३।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठुलो भूकम्प सन् १८८४ मा गएको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड थियो। सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ । सोही अध्ययनमा यहाँ हरेक ३४०० वर्षमा ७ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहेको बताइएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
2 km/h
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ