एसइई नतिजा सार्वजनिक ५२ प्रतिशत फेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 
आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।
उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन्। परीक्षा बाेर्डले हिजाे नै नतिजा  सार्वजनिक गर्ने तयारी गरेकाे थियाे। बाेर्ड बैठक पनि बस्याे। तर,आन्तरिक तयारी नसकिएपछि नतिजा सार्वजनिक हुन सकेकाे थिएन।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।
बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE  टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

सेयर: 32
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ