बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक, कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो ।

जसअनुसार अनुसार मिति २०७९-०९-२० तथा २०७९-१०-२५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम सुरु भई स्थगित रहेको अन्तर्वार्ता मिति २०८०-११-०६ गतेबाट सुरु गरि संलग्न तालिका बमोजिम सम्पन्न गर्ने तथा सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने सहमति भएको छ ।

त्यस्तै भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने र नगराउने भनिएको छ । भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ ।

वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमतिमा उल्लेख छ । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्नरनगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने बताइएको छ ।

शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा आजकै मितिबाट स्थगित गरि आ, आफ्‌नो नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ । त्यस्तै विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागी हुने सहमतिको छैटौँ बुँदामा भनिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
82%
2 km/h
शनि
27 °C
आइत
26 °C
सोम
19 °C
मंगल
22 °C
बुध
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ