हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत एक महिनामा उक्त रकम सङ्कलन भएको जनाएको छ ।

मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागका शाखा अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिएको छ ।

यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ । यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
72%
2 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ