९३ थाई नागरिक कम्बोडियाबाट उद्धार, सीमावर्ती ठगी नियन्त्रणका लागि दुई देशबीच कडा सहकार्य

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

बैंकक – सीमावर्ती क्षेत्रमा सक्रिय कल सेन्टर ठगी नेटवर्कहरूविरुद्ध थाइल्याण्ड र कम्बोडियाले संयुक्त रूपमा कारवाही तीव्र बनाएका छन्। पछिल्लो चरणमा कम्बोडियाबाट ९३ जना थाई नागरिकलाई देशनिकाला गरिएको घटनाले दुई देशबीच सूचनाको आदानप्रदान र आपसी सहकार्य थप सुदृढ भएको देखाएको छ।

थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले आफ्नो पहिलो सेनाको मुख्यालय भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कम्बोडियाले उक्त अभियानमा “१०० प्रतिशत सहकार्य” गरिरहेको स्पष्ट पारिन्। उनले कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग यस विषयमा प्रत्यक्ष छलफल गरेर सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको जानकारी दिइन्।

पछिल्लो शुक्रबार आयोजित उच्चस्तरीय सुरक्षा समन्वय समितिको बैठकमा लागुऔषध ओसारपसार, मानव तस्करी र कल सेन्टर ठगीसम्बन्धी रणनीतिहरूको समीक्षा गरिएको थियो। बैठकमा थाई सेनाका प्रमुख जनरल सोनग्वित नुनपाक्दी, रोयल थाई प्रहरी निरीक्षक–जेनरल पोल जनरल थाचाई पितानीलबुट, जलसेना, वायुसेना, र लागू औषध नियन्त्रण बोर्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले Poipet (कम्बोडिया) तथा थाई–म्यानमार सीमामा हुने ठगीसम्बन्धी चिन्ताका विषयमा पनि छलफल भएको जानकारी दिइन्। उनले जनाउँदै भनिन्, “हामी पूर्णरूपमा ठगी नेटवर्कको उन्मूलनतर्फ अगाडि बढिरहेका छौं, जसका लागि निजी क्षेत्र, विशेषतः दूरसञ्चार कम्पनीहरूको पनि सक्रिय सहभागिता आवश्यक छ।” यसै सन्दर्भमा थाइल्याण्डको National Broadcasting and Telecommunications Commission (NBTC) सँगसमेत समन्वय भइरहेको उनले बताइन्।

प्रधानमन्त्रीले अहिले सम्म करिब १०० जनालाई उद्धार गरिए तापनि यो संख्या हजारौं संलग्न व्यक्तिहरुको तुलनामा कम भएकोप्रति चिन्ता जनाइन्। तर उनले उद्धार गरिएका सबै थाई नागरिकहरूलाई कानुनी प्रक्रिया अन्तर्गत अगाडि बढाइएको जानकारी दिइन्।

पोल जनरल थाचाईले प्रधानमन्त्रीको निर्देशन अनुसार कम्बोडियन अधिकारीहरूसँग समन्वय गरिरहेको र नयाँ ठूला कारवाहीको तयारी भइरहेको जानकारी दिए। “हामी रणनीति अनुसार अघि बढिरहेका छौं, कृपया धैर्य गर्नुहोस्,” उनले भने।

यसैबीच, थाइल्याण्डको विदेश मन्त्रालय अन्तर्गत सूचना विभागका महानिर्देशक निकोर्नदेज बालनकुराले म्यानमारमा ठगीका लागि लगिएका विदेशी नागरिकहरूको उद्धारमा मन्त्रालयको भूमिका उल्लेख गरे। हालसम्म ७,००० भन्दा बढी विदेशीलाई सहयोग गरिएको छ, जसमा करिब ५,००० जना थाइल्याण्डमार्फत आफ्नो देश फर्किसकेका छन्। तीमध्ये सबैभन्दा धेरै चीन, त्यसपछि इन्डोनेसिया र भारतका नागरिक रहेका छन्।

यस व्यापक र जटिल ठगी सञ्जालविरुद्ध थाइल्याण्ड र कम्बोडियाबीच बढ्दो सहकार्यले क्षेत्रीय सुरक्षा मजबुत बनाउने अपेक्षा गरिएको छ। अझ धेरै चुनौतीहरू बाँकी भए पनि सूचनाको आदानप्रदान, रणनीतिक योजना र प्रतिबद्धताको संयोजनले दीर्घकालीन समाधानको ढोका खोल्ने विश्वास गरिएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
35%
2 km/h
मंगल
15 °C
बुध
29 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ