२०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी – २०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी – २०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान गरेको छ ।

‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उक्त प्रदर्शनी कार्यक्रम गर्न लागेको हो ।

आ—आफ्न् प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्राबधान रहेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिए अनुसार कोसी प्रदेश अन्तर्गत वेलबारी प्रज्ञा प्रतिष्ठान, मोरङमा यही माघ १५ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।

यस्तै, मधेस प्रदेशको लागी मैथिली विकास कोष र जनकपुरधाम, धनुषामा १५ माघ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ । यसैगरी बागमती प्रदेशको लागी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल, काठमाडौंमा यहि माघ १५,फागुन २६ र चैत १ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।

गण्डकी प्रदेशको लागी भने गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखरामा माघ १५ गतेसम्म र  लुम्बिनी प्रदेशको लागी नेपाल व्यावसायिक कलाकारसङ्घ, रुपन्देहीमा माघ १५गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।

यस्तै, कर्णाली प्रदेशको लागी नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेत माघ १५गते सम्म र सुदूरपश्चिमको लागी सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, धनगढीमा १५ माघ सम्म बुझाउनुपर्नेछ ।

प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीको लागी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल, काठमाडौंमा २०८२ जेठ १५ देखी २९ गतेसम्म प्रदर्शनी हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ