नागरिकता प्रकरणमा वीरगन्जका मेयरमाथि छानबिन गर्न गृहमा समेत उजुरी

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक किशोरीलाई वंशज नागरिकता दिलाएको आरोपमाथि छानबिनको माग राख्दै स्थानीय नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । बुधबार वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् । एकमात्र छोराका बाबु रहेको वीरगन्ज महानगरपालिकाका मेयर सिंहले एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमाथि छानबिन जारी छ ।

झूठो विवरण पेस गरेर अरुको छोरीलाई आफ्नो नाममा नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा गत पुस २४ मा जाहेरी परेपछि यो प्रकरण बाहिर आएको हो । मेयर सिंहले विभिन्न सरकारी निकाय र बैंकहरूमा पेस गरेको पारिवारिक विवरण उनले आफ्नो एकमात्र छोरा रहेको विवरण पेस गरेको देखिन्छ । नगर प्रमुख बन्नु भन्दा ९ वर्ष अगाडि काठमाडौँमा जन्मिएकी ‘अरुको छोरी’लाई आफ्नो छोरी बनाइ वीरगन्ज महानगरपालिका– ३ बाट जन्मदर्ता बनाएको आरोप उनीमाथि छ ।

यसअघि २०७९ मंसिर १३ मा वीरगन्ज महानगरपालिका– ३ निवासी नुरेनबी ठकुराईले जिल्ला प्रशासनमा सूचनाको हक अन्तर्गत निवेदन दिइ ‘राजेशमान सिंहको कति जना छोरारछोरी, श्रीमतीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्,’ त्यस्को प्रमाणित प्रतिलिपि माग गरेका थिए । व्यक्तिगत विवरण दिन नमिल्ने भन्दै प्रशासनले फर्काएको नुरेनबीले बताए ।

वीरगन्ज महानगरपालिका– ३ बाट २०५९ असार ३० जन्म मिति उल्लेख गरी २०७१ कात्तिक २० मा जन्मदर्ताको झुटो प्रमाणपत्र बनाइएको जाहेरीमा उल्लेख छ । सो झूठो जन्मदर्ताको आधारमा २०७५ साउन १३ मा रुबिना श्रेष्ठको नाममा ३४– ०१– ७५– ०४८४७ नम्बरको नागरिकता बनाइएको छ । जसमा राजेशमान सिंहले नागरिकता सनाखत गरेका छन् ।

तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलले नागरिकता जारी गरेका हुन् । सिंहको नागरिकता प्रमाणपत्र नम्बर नै रुबिनाको नागरिकतामा बाबुको नागरिकता नम्बरको ठाउँमा उल्लेख गरिएको छ । २०७६ फागुन ८ मा उक्त नागरिकताको प्रतिलिपि झिकिएको छ । प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले प्रतिलिपि जारी गरेका छन् । सो नागरिकताबाट २०७९ साउन २४ मा राहदानी लिइएको छ ।

नागरिकताको अनुसूची फारम कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाएका वडा सदस्य तुफैल अख्तरबाट सिफारिस गराइएको छ । झूटो विवरणको आधारमा जन्मदर्ता र नागरिकता दिलाएको कार्य नागरिकता ऐनले गरेको व्यवस्थाविरुद्धको कार्य भएकाले अनुसन्धान गरी कारबाहीका लागि जाहेरी दिएको कांग्रेसका क्षेत्रीय सभापति मो. सहाबुद्दिनले बताएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
82%
1 km/h
बिहि
16 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ