भरत ताल बनाएर चर्चित बनेका तत्कालिन निलम्बित नगर प्रमुख भरतकुमार थापा सहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर,कति छ बिगो?

संवाददाता
6 मिनेटमा पढ्न सकिने
6 मिनेटमा पढ्न सकिने

काठमाडौँ। सर्लाहीमा भरत ताल बनाएर चर्चित बनेका बागमती नगरपालिकाका तत्कालिन निलम्बित नगर प्रमुख भरतकुमार थापा सहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नगर प्रमुख थापा, उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल समेत गरि ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा गलत लिखित तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मंगलबार विशेष अदालतमा आरोप–पत्र दायर भएको हो । बागमती नगरपालिका वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

उजुरी उपर अनुसन्धान गर्दा आपसी मिलेमतोमा बदनियत राखी संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (आइइई ) स्वीकृत भएको भन्ने गलत लिखित तयार गरी-गराएको अनुसन्धानबाट खुलेको छ ।

बागमती नगरकार्यपालिकाबाट उक्त माछा पोखरीको डिटेल्ड प्रोजेक्टर रिपोर्ट(डिपिआर) तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरी-नगराई, बागमती नदीको वहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (हाल भरत ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना-नेपाल सरकारको स्वीकृत नगराएको अनुसन्धानबाट खुलेको छ ।

घटना के हो ?
बागमती नगरपालिकाले बागमती माछा पोखरी–१ बाट १७,८८,२६४.ज्ञड घनमिटर र बागमती माछा पोखरी–२ बाट २१८४९२७ घनमिटर वन पैदावार (नदीजन्य पदार्थ) गरी जम्मा ३९,७३,१९१.१८ (उनन्चालीस लाख त्रिहत्तर हजार एक सय एकानव्वे दशमलव अठार) घनमिटर (बल्किङ बाहेक) उत्खन्न गरेको र बल्किङ सहित गणना गर्दा हुने जम्मा उत्खनन् परिमाण ४७,००,२८५.१६ घनमिटर नदीजन्य पदार्थमध्ये बागमती नगरपालिकाबाट बिक्री भएको परिमाण ७,५२,००९.२० घनमिटर, आयोजनामा प्रयोग भएको परिमाण ७,५०,१४३.१९७ घनमिटर र भण्डारणमा रहेको परिमाण १८,५७,७१२.२७ घनमिटर सहित जम्मा परिमाण ३३,५९,८६५.२७ ( बल्किङ सहित) घनमिटर मात्र खर्च तथा मौज्दात रहेको देखिई नपुग हुने वन पैदावार (नदीजन्य पदार्थ) जम्मा ३३,४०,४१९.८९( बल्किङ सहित) घनमिटर परिमाण हानिनोक्सानी, दुरुपयोग गरे-गराएको पुष्टि भएको देखिएको अख्यिारले दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा रहेको वन पैदावार (नदीजन्य पदार्थ) उक्त परियोजना नेपाल सरकारको स्वीकृत बिना बागमती नगरपालिकाले बागमती माछा पोखरीबाट उत्खनन् गरेको उल्लेखित नपुग परिमाणको हुन आउने २६,८०,८३,९८० रुपैयाँ हानिनोक्सानी गरे-गराएको पुष्टि भएको र उक्त हानिनोक्सानी गरेको रकममा मूल्य अभिवृद्धि कर १३ प्रतिशतले हुन आउने ३,४८,५०,९१७ रुपैयाँ ४० पैसा चालीस पैसा) समेत गरी जम्मा ३०,२९,३४,८९७ रुपैयाँ ४० पैसा नेपाल सरकार-प्रदेश सरकार-स्थानीय तह-सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरी-गराई भ्रष्टाचार भएको उल्लेख छ ।

बिगो कति छ ?
बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरत कुमार थापा ३०,२९,३४,८९७ रुपैयाँ ४० पैसा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा१७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा घ को उपदफा (ज्ञ) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा घ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवं गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ढ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १ढ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको अख्यितराले जनाएको छ।

यस्तै, बागमती नगरपालिकाका नगर उपप्रमुख लीला कुमारी मुक्तान ३०,२९,३४,८९७ रुपैयाँ ४० पैसा सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ज्ञठ वमोजिमको कसुरमा सोही ऐनको दफा१७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा घ को उपदफा (ज्ञ) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा (घ)को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवं गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ ।

बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेललाई ३०,२९,३४,८९७ रुपैयाँ ४० सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा घ को उपदफा (ज्ञ) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा घ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवं गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १ढ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ । बागमती नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल ३०,२९,३४,८९७ रुपैयाँ ४० बिगो दाबी गरिएको छ ।

सेयर: 3,563
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
5
+1
2
+1
2
+1
1
+1
2
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ