मदिराले मातिएका सशस्त्र प्रहरी हवल्दार खड्काद्धारा स्थानीय महिला र खरिदार माथी निर्घात कुटपिट

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जीवन केसी,रुकुम पश्चिम । सशस्त्र प्रहरी हवल्दार दिपक खड्काले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत खरिदार देवबहादुर ओलीलाई निर्घात कुटपिट गरेका छन् । मुसिकोट नगरपालिका ३ माछिमी निवासी ओलीलाई सोहि गाउँका सशस्त्र प्रहरी हवल्दार खड्काले मंगलबार बेलुका कुटपिट गरेको खरिदार ओलीले जानकारी दिनुभयो ।

ओलीका अनुसार अत्याधिक मदिरा सेवन गरेका सशस्त्र प्रहरी हवल्दारले स्थानीय महिला गंगा चन्दलाई कुटपिट गरेर घाईते बनाएका थिए ।

घटनापछि जिल्लास्थित प्रहरी कार्यालयमा जानकारी गराउँदा सशस्त्र प्रहरी हवल्दार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आज बुधबार उपस्थित हुने शर्तमा र पीडितको जाहेरी लिएर आवश्यक कारबाहि अगाडि बढाउने गरेर खड्कालाई छोडिदिएको थियो ।

कुटपिटपछि घाईते अवस्थामा रहनु भएकी चन्दलाई अस्पताल लैजाने तयारी भएको बेला सशस्त्र प्रहरी हवल्दार दिपक खड्काले घरमै आएर आफू माथि आक्रमण गरेको ओलीको भनाई छ ।

मदिरा सेवन गरेका प्रहरीले महिला माथि कुटपिट गरेको र आफूले पीडितको पक्ष लिएको भन्दै आक्रोशमा आएका खड्काको आक्रमणबाट आफ्नो अनुहार र हातमा चोट लागेको ओलीले बताउनुभयो । घाईते महिला चन्द र ओलीको जिल्ला अस्पतालमा उपचारको भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले घटनाको बारेमा बुझेर कानूनी कारबाहि अगाडि बढाईने बताउनुभयो । महिला माथि आक्रमण भएको सूचना लगत्तै प्रहरी घटनास्थलमा पुगेर जानकारी लिइसकेको र आवश्यक प्रक्रिया आज पुरा गर्ने प्रहरीको भनाई छ ।

सेयर: 90
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
thunderstorm with rain
18° _ 18°
72%
3 km/h
शुक्र
17 °C
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ