बंगलादेशको राजधानी ढाकाको एक भवनमा आगलागीः४५ जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


एजेन्सी । बंगलादेशको राजधानी ढाकामा गए राति अबेर एउटा ६ तले भवनमा भीषण आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

सुरुमा एउटा चमेनागृहमा लागेको आगो सल्केर अन्य तलामा तीव्ररुपमा फैलिएको अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले बताए । १३ वटा वारुणयन्त्र इकाईले करिब दुई घण्टाको कठिन प्रयास पछि आगो नियन्त्रणमा लिएको जनाइएको छ । आगलागीको कारण भने थाह हुन नसकेको जनाइएको छ ।

अग्नि सेवा र सार्वजनिक रक्षा निर्देशक ब्रिगेडियर जर्नेल मैनुद्दिनले ग्यास वा स्टोभ चुहावटबाट आगोलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

बढी जनघनत्व भएको राजधानी ढाकामा आगलागीका घटना सामान्य जस्तो बन्दै गएका छन् । नयाँ भवन निर्माण बढेसँगै सुरक्षा सावधानीमा पर्याप्त ध्यान नदिनु, ग्याँस सिलिण्डर र वातानुकुलन मेशिनमा त्रुटि र विद्युत जडानमा खराबीका कारण आगलागी र विष्फोटका घटना हुने गरेको बताइएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ