ग्यारेजमा आगलागी हुँदा एक करोड पचास लाखभन्दा बढीको क्षति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

वालिङ स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ । गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर बिक्रीका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको ग्यारेजका सञ्चालक राजु तिवारीले बताउनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको वडा प्रहरी कार्यालय वालिङका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । ग्यारेजमा रहेका सामग्री तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको उहाँको भनाइ छ । एक करोड पचास लाखभन्दा धेरै क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ग्यारेज तथा पसलमा लागेको आगो वालिङ नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा राती नै नियन्त्रणमा लिइएको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ