सडक दुर्घटनामा मृत्यु भएका पत्रकारलाई चार वर्षीय छोराले दियो दागबत्ती

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

महेन्द्रनगर । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो । 

कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा आज उहाँको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  

धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी ३२ वर्षीय पत्रकार रोहीता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत थियो । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।   

आज दिउँसो ४ बजे उहाँको अन्तिम संस्कार जनकपुरधामको गंगासागरस्थित स्वर्गद्वारमा गरिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ