दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । दुबईस्थित जेलमा ५ वर्षदेखि बसिरहेका एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढु‌गाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको उनका साथी घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । सोही घटनामा स‌लग्न रहेको आरोपमा प्रहरीले भुवनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको दाइ दिनेशकुमार श्रेष्ठले बताए ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए । अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनी मागिरहेको उनले सुनाए । भाइको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।

मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको थिए । त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए । घनश्यामका अनुसार, ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ