सुनको मूल्यमा नयाँ कीर्तिमान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय कायम भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो ।

यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।

शुक्रबार तेजाबी सुन रु एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय ७० निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मूल्य रु एक हजार छ सय १५ मा कारोबार भएको थियो । रासस

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
100%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
बिहि
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ