जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम

महोत्तर ।  महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् ।

महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए । उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए ।

मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए । उनलाई प्रहरीले  २०८० को  जेठ २८ गते प्रकाउ  गरेको  थियो । यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए । उनी २०८३  असार २७ गते कैद मुक्त हुने भनिएकोमा उनको आज मृत्यु भएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ