सात वर्षका वालकले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग 

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा  ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन् ।

आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् ।

न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष  ब्लड क्यान्सरजस्तो गम्भिर रोगसँग जुधिरहेकी चन्द्रकलालाई सहयोग गरेका हुन् ।

ब्लड क्यान्सर भएको करिब ६ महिनाको समयमा चन्द्रकलाको करिब १६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको र आर्थिक समस्या भएका कारण उनले   सहयोगको अपिल गरेको अंश र उनका बाबु डाक्टर रमिल अधिकारीले थाहा पाएपछि उक्त रकम न्युजिल्याण्डबाट पठाइदिएका हुन् ।

चन्द्रकलाको अहिले हात समेत चल्न छाडेको छ । टिचिङ अस्पतालमा उपचार गरिरहेकी उनले आर्थिक समस्याका कारण कोठामा बसिरहनु परेको छ । अंशले गतवर्ष काठमाडौँको मुलपानीमा रहेको स्नेहा बाल आश्रमका लागि आर्थिक सहयोग गरेका थिए ।

कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर सहयोग गरेका थिए । अंश र उनका बाबु रमिलले २४ वर्षकी चन्द्रकलाले भोग्नु परेको नियती कसैले भोग्नु नपरोस् भन्दै भगवानसँग कामना गरेका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
मंगल
23 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ