जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट जिल्लाको कमल गाउँपालिका—५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा सुतिरहेकी लिम्बुको घर हात्तीले भत्काएको थियो । घर भत्काएपछि भागेकी उनलाई हात्तीले घरदेखि करिव ३० मिटर परतिर आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

तीन दिनअघि शिवसताक्षी नगरपालिका—११ कि ६० वर्षीया पवित्रा भेटवालको पनि हात्ती आक्रमणबाट मृत्यु भएको थियो । उनका पति घाइते छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
94%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ