युवकको घाँटी रेटेर हत्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

नेपालगन्ज, चैत १८ गते । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०-२२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा आइतबार शव फेला परेको हो ।घाँटीमा हतियार प्रहार गरेर घाँटी रेटेर खाँको हत्या गरिएको देखिएको डिएसपी डाँगीले बताउनुभयो ।

उहाँले खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको जनाउँदै घट्ना बारे तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान थालिएको बताउनुभयो ।

घटना रातीको भएपनि प्रहरीले घटनाबारे आइतबार दिनमा मात्रै थाहा पाएको थियो । मृतक अरबी खाँ पूर्व वडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले खाँको मोबाइल र उनका साथीहरूसँग सोधपुछ गरेर हत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ