एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गर्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गरेको छ ।

शुक्रबार राति भएको खेलमा लिचेविरुद्ध ३–० गोलको एकतर्फी जीत दर्ता गर्दै तालिकामा ३ अंक थपेको हो । तालिकामा टोरिनो र एसी मिलान दुवैको समान ११ अंक भएको छ । मिलानले १ खेल बढी खेलेको छ ।

एसी मैदानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर आक्रमक खेल खेल्दै ३ गोल थपेको थियो । मिलानका अल्भारो मोराटा, थियो हर्नान्डेज र क्रिष्टियन पुलिसीले एक एक गोल गरे ।

३८ औं मिनेटमा मोराटाले हर्नान्डेजको पासमा गोल गर्दै टिमको खाता खुलाएका थिए ।

४१ औंमिनेटमा हर्नान्डेजले राफेल लिओको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको २ मिनेटपछि पुलिसीले गोल गरेपछि एसी मिलान पहिलो हाफमा ३–० को अग्रतासहित सहज अवस्थामा पुगेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसक्दा एसिमिलान विजयी भयो । तर, ८० औं मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिचेले लिन सकेन । ७५ औं मिनेटमा हर्नान्डेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका डेभिड बार्तेसाघीले ८० औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्दा एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
82%
1 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
13 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ