अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएतापनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताएका हुन् ।

उनले भने, ‘मलाई यो सरकार हात्तिको दात जस्तै लाग्न थालेको छ । देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि ? के प्रेम गर्नु अपराध हो ? सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ । अन्तरजातिय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भिर छ । सरकारले जवाफ दिनुपर्छ ।’

साथै उनले अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि उनले आरोप लगाए ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ