पोर्चुगल । नेपाल आदीवासी महासंघ पोर्चुगल फुटबलकपको उपाधि नेफएम बुटबल क्बलले जितेको छ । बुद्धजयन्तीको अवसल पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटबल क्लबले उपाधी जितेको हो ।
ओलाइसको भिक्टोरीया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहाभागी भएका थिए । फाइनल खेलमा ४—० ले हराउँदै उपाधी जितेको थियो ।
उपाधीसँगै टफी मेडल र ३ हजार यूरो करिब साढे ४ लाख नेपाली रुपैयाँ राशी पनि हात पारेको थियो । उपविजेता भएको मनमैजु क्लबले टफी, मेडल र १ हजार ५ सय यूरो करिब सवा २ लाख नेपाली रुपैयाँ हात पारेको थियो ।
महासंघले आगामी बर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई अगाडी बढाउने जनाएको छ । ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजन गर्ने छौं यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने । नेपालीहरुलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको थियो ।
यस्ता खेलले नेपालीहरुलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए । ‘यस्ता खेलले नेपालीहरुलाई एकताबद्ध गर्न मदत गर्न यस्ता खेलहरु आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने ।
उनले नेपालीहरुलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरु धेरै हुनुपर्नेमा जोड दिएका थिए ।पोर्चुगलमा पछिल्लो समयमा औपचारिकरुपमा आवद्द फुटबल क्लबहरु बढिरहेका छन् ।