टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदान जित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।
अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो ।

सेयर: 28
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ