पीपीपी सहकार्यका लागि २ संस्थाबीच समझदारी, अहिलेसम्म ५ सम्झौता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । लगानी सम्मेलनको दोस्रो दिन २ वटा सम्झौता (एमओयू) भएको छ । आज होटलसँग सम्बन्धित र सार्वजनिक नीजि साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको हो ।

त्यस्तै, नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी)  र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता भएको छ उक्त सम्झौता अनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।

सम्मेलनको पहिलो दिन ३ वटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौता भएको थियो ।

त्यस्तै सम्मेलनको पहिलो दिन सूचना तथा प्रविधिसँग सम्बन्धीत विषयमा एमओयू भएको थियो । सो आयोजनामा रामकोटमा साढे ३ अर्ब रूपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिंबीच भएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
drizzle
14° _ 14°
100%
1 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ