त्रिचन्द्र कलेज र आन्दोलनरत आंशिक शिक्षकबीच सहमति

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ ।

बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिने र दिने सहमति जुटेको क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठले जानकारी दिइन् ।

आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ सालदेखि आंशिक शिक्षकहरूले प्रतिपिरियडको ५९० रुपैयाँ पाउँदै आएका थिए । गत वर्ष लेखाले बेरुजु देखाएको भन्दै एक पिरियड पढाएको ३९४ रुपैयाँमात्रै दिने भनेपछि आंशिक शिक्षकहरूले विरोध जनाएका थिए ।

पहिले पाउँदै आएकै दरमा पारिश्रमिक पाउनुपर्ने अडान उनीहरूको थियो । तर क्याम्पसले एक घण्टाको लागि तोकिएको पारिश्रमिक ४० मिनेट पढाउँदा दिन नमिल्ने भनेपछि उनीहरू पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

क्याम्पस प्रमुख श्रेष्ठले भनिन्, ‘व्यवहारिक रूपमा उहाँहरूले पाउँदै आएको पारिश्रमिक पनि पर्याप्त होइन, त्यसमाथि घटाएर दिनु थप अन्याय हो तर नियम जे छ त्यही गर्नुपर्ने हुन्छ । त्यसले समस्या भएको हो ।’ त्रिवि कार्यकारीले आंशिक शिक्षकलाई न्याय हुने गरी नियम बनाउने प्रतिवद्धता दिएको उनले बताइन् ।

करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक शिक्षकहरूले ३ जेठबाट पारिश्रमिकको माग गर्दै प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूको कार्यकक्षमा ताला लगाएर कक्षा लिन छाडेपछि पढाइ ठप्प भएको थियो ।

त्रिचन्द्र क्याम्पसमा हाल २१६ जना आंशिक शिक्षक कार्यरत छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
सोम
21 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ