अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चौधरीले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बि.ए. उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप उहाँमाथि लागेको छ।

राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएपछि माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम निजलाई कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ