सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू सङ्कुचित: सन्तोष परियार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू सङ्कुचित हुँदै गएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको समाज रूपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानमा व्यवस्था गरेका कुराहरूमा राजनीतिक पार्टीहरू सचेत छन् की छैनन् रु भन्नेकुरामा बहस हुन जरुरी रहेको बताउनु भयो । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ ।

नेपालको समाज रूपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भूमिका खेल्नुपर्छ । प्रमुख सचेतक परियारले ठुलो सङ्घर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरू नै विश्वास गुमाउन थालेको बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ