बंगलादेशका कृषिमन्त्री र राज्यमन्त्रीसँग राजदूत भण्डारीको भेट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार ढाकामा त्यहाँका कृषिमन्त्री मोहम्मद अब्दुस साहिदसँग भेटवार्ता गर्नुभएको छ । दूतावासकै अनुसार मंगलबारै राजदूत भण्डारीले ‘सिपिङ राज्यमन्त्री’ खालिद महमुद चौधरीसँग पनि भेटवार्ता गर्नुभयो ।

दुवै भेटवार्तामा दूतावासकी उपनियोग प्रमुख ललिता सिलवाल पनि सहभागी भएकी थिइन् । दुतावासका अनुसार भेटवार्तामा कृषि, व्यापार र कनेक्टिभिटीका क्षेत्रमा पारम्परिक हितका विषयमा छलफल भएको थियो । राजदूत भण्डारीले सोमबार वाणिज्य राज्यमन्त्री अहसनुल इस्लाम टिटुसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरुबीच आर्थिक सहयोगको बढ्दो प्रवृत्ति, नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्ध र कनेक्टिभिटी बढाउने उपायबारे छलफल भएको दूतावासले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
46%
4 km/h
शुक्र
23 °C
शनि
20 °C
आइत
21 °C
सोम
23 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ